गोङ्गबु शिव मन्दिर आसपासबाट ४ महिलासहित ९ जनाको ग्याङ पक्राउ (नामसहित)

काठमाडौं । कुटपिट गरी सुनको सिक्री र पर्स लुटपाट गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ९ जनालाई पक्राउ गरेको छ।

दाङ घोराहीका २१ वर्षीय अनिल मगर, रुकुम टकसराका ३० वर्षीय सूर्य बुढा मगर, सिन्धुपाल्चोक ठूलो पहाडका २५ वर्षीय विशाल केसी, मोरङ बेलबारीका २७ वर्षीय यमन राई, धरानकी २२ वर्षीया प्रिया गुरुङ, काभ्रे तामाघाटकी २१ वर्षीया पूजा राई, धनगढीकी २२ वर्षीया सुस्मा कार्की, काभ्रे चौवासकी २२ वर्षीया ईस्मी कुँवर र काभ्रे मण्डनदेउपुरका ३२ वर्षीया सुरराज भट्टराईलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

Advertisement

उनीहरुले बिहीबार दिउँसो काठमाडौंको गोंगबु शिवमन्दिर नजिकै सडकमा हिँडिरहेका गोरखा अजिरकोटका अजय रेग्मीलाई कुटपिट गरी घाँटीमा लगाएको सुनको सिक्री र नगदसहितको पर्स लुटपाट गरेर फरार भएको प्रहरीको भनाइ छ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले लुटिएको सुनको सिक्रीसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।

पक्राउ परेका ९ जनामाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

More News last news
Loading...