धादिङ बेसी । धादिङको नीलकण्ठ नगरपालिका वडा ४ स्थित राजपोखरी कृषि बहुद्देशीय सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
उक्त सहकारीको कुल पूंजी २ करोड ८२ लाख रहेको संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले बताए । उक्त सहकारीमा ५३६ जना शेयर सदस्य रहेको छन् भने ४११ जना बाल बचत रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।
कार्यक्रममा नीलकण्ठ ४ का वडा अध्यक्ष प्रमुख अतिथी शिबराज गिरीको उपस्थितिमा सम्पन्न भएको थियो।
सहकारीका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ चयन भए पछिको दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरिएको संस्थाका सचिव शुनिता महत पनेरूले नयाँपुस्तालाई बताईन्। संस्थाका कोषाध्यक्ष बीर बहादुर थापा मगरले बार्षिक आर्थिक प्रतिवेदन प्रस्तूत गरेका थिए।
बार्षिक साधारण सभाको अवसरमा संस्थाको तर्फबाट सम्पूर्ण शेयर सदस्यहरुलाई दशैं सामाग्री (नुन, तेल, जीरा, चिउराका साथै साबुन) बितरण गरिएको थियो। सहकारीले आफ्ना शेयर सदस्यलाई थोरै भए पनि सहयोग गर्ने उद्देश्यले बितरण गरेको थियो।
उक्त सामग्री एक वर्षसम्म बचत नपुगेका शेयर सदस्यलाई र समयमा ब्याज बचत र किस्ता नबुझाऊने सदस्यलाई भने बितरण नगरिएको अध्यक्षले जानकारी दिए।
कार्यक्रममा वडाका अन्य जनप्रतिनिधि र क्युपेक नेपाल, धादिङका अध्यक्ष हेम बहादुर श्रेष्ठको पनि उपस्थिति रहेको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
