काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड–१९ संक्रमण कायम रहेको बताउँदै अर्को आदेश जारी नहुँदासम्म जिल्लामा भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोज गर्न रोक लगाएको छ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जारी गरेको आदेशमा नजिकिँदो चाडपर्व न्यूनतम सहभागितामा र सांकेतिक रुपमा मनाउन आग्रह गरिएको छ । यो आदेश बिहीबारदेखि नै लागू हुने बताइएको छ।
जिल्ला प्रशासन कार्यालयले टिकट काउन्टरबाट मात्र टिकट खरिद गर्न आग्रह गर्दै सार्वजनिक यातायातमा स्वीकृत क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने जनाएको छ। बैठक, गोष्ठी, सेमिनारहरु भर्चुअल माध्यमबाट गर्नुपर्ने र गर्नैपर्ने भएमा स्वास्थ्य मापदण्ड अनिवार्यरुपमा पालना गराउनुपर्ने आदेशमा भनिएको छ।
होटल पार्टी प्यालेसमा बढीभन्दा धेरै मानिस सहभागी गराउनुपरे एन्टिजेन वा पीसीआर परीक्षणको व्यवस्था मिलाउन भनिएको छ । वित्तिय संस्थालाई अनलाइनबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन समेत प्रशासनले आदेश दिएको छ।
उद्योग कलकारखाना, होटल, रेष्टुरेन्ट, सिनेमा, हल, व्यायमस्थल लगायतलाई कोभिड मापदण्ड पालना गर्दै सञ्चालन गर्न आदेश दिइएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
