धार्मिक तथा पर्यटकीयरुपमा विकास हुँदै धादिङको भैरबी मन्दिर

धादिङ बेसी । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ सुनाउला बजारमा अवास्थित भैरबी मन्दिर जिल्लाकै एक प्रसिद्ध शक्तिपीठको रुपमा मानिन्छ। यो मन्दिर धादिङ बजारबाट करिब १८ किलोमिटर सडक सञ्जालको दूरिमा पर्दछ।

यो मन्दिर नीलकण्ठ ४ को अल्छी डाँडा, पौवा, रिजालथोक, गुफा, नयाँ चौतारा हुँदै पैदल मार्गबाट पनि भैरबी पुग्न सकिन्छ। यसै ठाउबाट सडक सञ्जाल पनी बिस्तार हुदै छ यदि यो बाटो बिस्तार भए बजारबाट करिब ७ ८ किलोमिटर दुरीको यात्रा गरे उक्त मन्दिर पुग्न सकिन्छ।

Advertisement

सडक र पैदल मार्ग बिस्तारको पहल भैरहेको नीलकंठ ४ का वडा अध्यक्ष शिबराज गिरीले बताए । यो मन्दिर नगरपालिकाको अग्लो डाँडाहरु मध्ये १ मा रहेको छ। यो समुंद्री सतहदेखि झन्दै १५०० मिटरको उचाइमा रहेको छ भने यो मन्दिर धार्मिक, पर्यटकिय र एतिहाशिक हिसाबले निकै महत्वपूर्ण रहेको छ।

यहॉबाट मनमोहक हिम शृंखलाको अवलोकन गर्न सकिन्छ, गणेश हिमाल, मनास्लु, मानापाथी, लानटान र घोडाघोडी हिमालको सहजै अवलोकन गर्न सकिने भएकोले यहाँ दुबै खाले (ऐतिहासिक, धार्मिक) गन्तब्य स्थल बन्नेमा दुर्इमत नरहेको अवलोकन कर्ता यदुकुमार गुरुङ बताउँछन् ।

२०७२ सालको विनासकारी भुकम्पबाट क्षतविक्षत भएको उक्त मन्दिरको तीब्र रुपमा पुनर्नीमाण भैरहेको छ। यस मन्दिरमा दशैंको फुलपातीको दिन बिशेष पूजा हुने र माघे संक्रान्ती तथा रामनवमीको दिन मन्दिरमा दर्शनार्थीको घुँइचो हुने स्थानीय बिष्णु श्रेष्ठ बताउँछन् ।

जिलाकै एतिहाशिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको उक्त मन्दिर प्राचिन कालमा राजा राम शाहको पाला अघि नै बनेको भन्ने भानाई रहेको भैरबी मन्दिर संरक्षण तथा पर्यटन बिकाश समितिका कोषाध्यक्ष सुन बहादुर श्रेष्ठले बताए।

साबिक सुनाउला बजार र हाल नीलकंठ ६ मा रहेको यो मन्दिर धादिङ बेसीको पुर्बी भागमा पर्दछ। यहाँबाट नुवाकोट, गोरखा, चितवन, मकवानापुर र नागढुँगा समेतको अवलोकन गर्न सकिन्छ।

 

More News last news
Loading...