काठमाडौंको पेप्सीकोलाबाट ४८ वर्षीया महिला पक्राउ ! ३० हजार भारुमा ईज्जत फालिछन्

काठमाडौँ । आकर्षक काममा लगाइदिने प्रलोभन देखाएर मानव बेचबिखनमा संलग्न रहेको अभियोग लागेकी एक महिलालाई २५ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेमा काठमाडौँ पेप्सीकोला बस्ने ४८ वर्षीय लक्ष्मी परियार रहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ।

विसं २०५३ को असार ४ मा परियारले काठमाडौँबाट ती महिलालाई प्रलोभनमा पारी एक पुरुषको जिम्मा लगाएर भारु ३० हजार लिएर नेपाली महिलाले चलाएको कोठीमा भारत पु-याई बेचबिखन गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

Advertisement

उनीहरुले महिलालाई मुग्लिनसम्म ट्रकमा राखेर लगेको र त्यसपछि बसमा चढाएर काँकडभिट्टा हुँदै भारत पुर्याएका थिए । उनीहरुले नेपाली मुलका मान्छेले सञ्चालन गरेको कोठीमा ३० हजार भारतीय रुपैयाँमा बिक्री गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए।

निज महिलाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार थप अनसुन्धान भइरहेको ब्यूरोले सोमबार एक विज्ञप्ति जारी गरी जनाएको छ।

फोटोबाट अनुसन्धान

काठमाडौं आएपछि पीडितले हनुमानढोकामा उजुर गरिन् । जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई त्यतिबेला हनुमानढोका भनेर चिनिन्थ्यो । लामो समय आफुलाई बेच्नेहरू पक्राउ नपर्दा पीडितमा न्यायको आश हराएको थियो । तर, २५ वर्षपछि उनलाई खोज्दै प्रहरी पुगे । अनि, फोटो देखाएर सोधे–‘उहालाई चिन्नुहुन्छ ?’

पीडितले भनिन्– ‘मलाई बेच्ने मध्येको एउटी उही हो !’ त्यसपछि प्रहरी लक्ष्मी परियारको खोजीमा जुट्यो । प्रहरीको पुरानो फाइलमा उनको फोटो नत्थी गरेर राखिएको रहेछ । ‘पुराना फाइल हेर्दै थियौं’ एसएसपी चन्दले भनिन्– ‘फोटोबाट पहिचान खुलेपछि लक्ष्मीलाई पक्रिएर मुद्दा चलाएका छौं ।’ लक्ष्मी परियारले आफुलाई लक्ष्मी केसी र लक्ष्मी विश्वकर्मा भनेर वास्तविक थर लुकाएर बसेकी थिइन् । तर, २५ वर्षपछि पनि उनले अपराधबाट मुक्ति पाइनन् ।

More News last news
Loading...