घले र गुरुङ बने धादिङ जिल्लाकै सबैभन्दा कान्छा वडा सभापति 

काठमाडौँ । नेपाली काँग्रेसको १४ महाधिवेशन अन्र्तगत भर्खरै सम्पन्न वडा अधिवेशनबाट रूबी भ्यालीका मान घले सबैभन्दा कान्छा वडा सभापति बनेका छन् ।

जिल्लाका १०४ वटै वडा मध्ये सबैभन्दा कान्छा उमेरका सभापति रुबी भ्याली गाउँपालिका वडा नम्बर १ बाट मान घले पार्टी वडा सभापति निर्वाचित भएका हुन्।

Advertisement

उमेरमा सबैभन्दा कान्छा घले पछि निलकण्ठ नगरपालिका १ बाट सभापति बनेका अनुपम गुरुङ (महेश) रहेका छन् । महेश तरुण दल धादिङको वडा नम्बर १ को सभापति थिए ।

युवाहरु माझ लोकप्रिय महेश आफ्नो गाउँ ठाउँ ठाऊको समस्या लियर सदरमुकामसम्म र आवश्यक परेमा जिल्ला बाहिर गएर पनि समस्याको समाधान गर्ने गरेको सभापति गुरुङ बताउँछन् ।

केहि महिना अघि मात्रै सभापति गुरुङले वडाको स्वास्थ्य चौकीमा करिब ७ लाख बराबरको स्वस्थ्य सामग्री बितरण गरेका थिए।

उमेर सानो भए पनि जिम्मेवारी ठूलो आएको र यस भुमीकालाई पार्टी र जन चाहना अनुसार काम गर्छु, नव निर्वाचित वडा सभापति भन्छन् । म सभापति हुदै गर्दा मेरो वडाले  मात्रै होइन यो जिल्लाले गर्ब गर्नुपर्छ ।

युवाको निम्ति युवाको नेतृत्व र युवाकै कार्यान्वयनमा आफू लाग्ने उनी बताउँछन ।  अबको आफ्नो उद्देश्य आफ्नो वडामा रहेको जनतालाई काँग्रेसमय बनाउने र अबको स्थानीय निर्बाचनमा आफ्नो पार्टीको बिजय सुनिश्चित गराउन अहोरात्र लागी पर्ने बताए।

More News last news
Loading...