धादिङ बेसी । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको जारी १४ महाधिवेशन अन्तर्गत धादिङको पालिका अधिवेशनमा १३ वटा पालिकामध्ये ११ वटामा अधिवेशन सम्पन्न भएको छ ।
हालसम्म धुनिबेशी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, बेनिघाट गाउँपालिका, शीद्धलेख गाउँपालिका, ज्वालामुखी गाउँपालिका, नेत्रावोती डबजोंग गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, गंगा जमुना गाउँपालिका र खनियाबास गाउपालिकामा अधिवेशन सकिएको हो। काँग्रेसको केन्द्रमा जस्तै धादिङमा पनि रामनाथ अधिकारी र भीम ढुँगानाका छुट्टा-छुट्टै प्यानल प्रष्ट रुपमा देखिएका छन्।
हालसम्म अधिवेशनको नतिजा आइसकेका र सहमति भएका पालिकामध्ये ९ वटा पालिकामा अधिकारीका प्यानल विजयी भएका छन् । दुई वटा पालिका खनियाबास र शिद्धलेख गाउँपालिकामा मात्रै डुँगानाको प्यानल विजयी भएका छन्। अहिलेसम्मको परिणाम हेर्दा ढुँगानाको प्यानल निरिह देखिएको छ।
अधिवेशन सकिएका पालिकामध्ये धुनिवेशी नगरपालिकामा सुरज उप्रेती, थाक्रे गाउँपािलका रामप्रसाद बिडारी, गल्छी गाउँपालिकामा दिपक कार्की, गजुरीमा भूमि कँडेल, बेनिघाट रोराङमा ऋषि त्रिपाठी, सिद्धलेखमा रामशरण गिरी, ज्वालामुखीमा रेशम काप्री, त्रिपुराशुन्दरीमा राजु उप्रेती, गंगाजमुनामा फैसिङ तामाङ, खनियावासमा मरिचमान तामाङ, नेत्रावती डवजोङमा ठाकुर गुरुङ निर्वाचित भएका छन् ।
अब रुबी भ्याली गाउँपालिका र नीलकण्ठ नगरपालिकाको मात्रै अधिवेशन हुन बाँकी छ । रुबी भ्यालिमा पनि सहमतिको प्रयास भइरहेको र छिट्टै निस्कर्षमा पुगिने गाउँपालिकाका एक नेताले नयाँ पुस्तालाई बताए ।
नीलकण्ठ नगरपालिकामा भने चुनाव भएको केही समयपछि स्थगित भएको थियो । निर्वाचन समितिले बनाएको आचार संहिता बिपरित कार्य भएको भन्दै जिल्ला सभापति रमेश प्रसाद धमलाले त्यस्तो कार्य तत्काल बन्द गर्न आग्रह गरेसँगै केही बेर विवाद समेत भएको थियो ।
निर्वाचान समितिले उम्मेदवार र दुबै पक्षका नेतालाई बोलाएर बार्ता गराएको र तत्काल्का लागी निर्वाचान स्थगन गरेको जानकारी गराएको थियो । आचार संहितामा भनेझैँ गरी एकजनाले दुई जनाको मात्रै इच्छाईएको ब्यक्तिको मत हाल्न पाउने भनेपनि त्यो नभएको र एकजनाले मात्रै एकैचोटी ३ जनासँगै लगेपछि बिबाद शुरु भएको एक प्रत्यक्षदर्शी नेताले बताए ।
क्षेत्रीय प्रतिनिधि के हो र त्यसको भूकिका के हुन्छ भन्ने स्वयम् प्रतिनिधिलाई समेत जानकारी नभएको प्रष्ट आकलन गर्न सकिन्छ।
प्रतिनिधिलाई आफ्नो मत कहाँ कसलाई कसरी हाल्ने भन्ने कुराको पनि सामान्य जानकारी नगराई आफूँ जित्ने वा आफ्नो प्यानल बिजयी गराउने बाहनाले के काँग्रेसले बोकेको मर्म र संदेश पुरा होला ? यसमा नेत्रित्व पक्ष कहिले जिम्मेवार हुने ?
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
