बसुन्धाराबाट राजु पौडेल पक्राउ ! गरेछन् गर्नै नहुने यस्तो काम, अब ११ महिना जेल

काठमाडौँ । सरकारी छाप र हस्ताक्षर किर्ते मुद्दामा अदालतले फैसला गरेपछि फरार अभियुक्त पक्राउ परेका छन्।

पक्राउ पर्नेमा उदयपुर घर भई हाल बसुन्धारा बस्ने राजु पौडेल रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो।

Advertisement

पौडेललाई अदालतले ११ महिना ८ दिन कैद र ५० रुपैयाँ जरिवाना हुने हुने गरि फैसला सुनाएको थियो। उक्त फैसला कार्यान्वयन गर्नको लागि आज आइतबार पौडेललाई जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।

यस्तै, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ ठुलाढिकबाट प्रहरीले जुवा खेलिरहेका ९ जनालाई पक्राउ गरेको छ। खोटाङ खोटिह्याङ गाउँपालिका–८ घर भएका बीरेन तामाङको डेरामा तास खेलिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले जुवा खालबाट १ लाख ७ हजार नगद बरामद गरेको छ। पक्राउ पर्नेमा बीरेन तामाङ लगायत छन्।

More News last news
Loading...