काठमाडौँ आउँदै गरेको बस चेकजाँच गर्दा प्रहरी नै सरप्राइज, दुई जना पक्राउ

काठमाडौँ । स्रोत नखुलेको ९५ लाख नगदसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ।

शनिबार चितवनबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसमा प्रहरीले चेकजाँच गर्दा दुई जना भारतीय नागरिकबाट स्रोत नखुलेको ९५ लाख नगद भेटिएपछि पक्राउ गरेको हो।

Advertisement

ग१ख ६६४५ नम्बरको यात्रुबाहक बसमा उनीहरु चितवनबाट काठमाडौं आउँदै थिए। पक्राउ पर्नेमा भारत मुम्बई महाराष्ट्र प्रदेश सङ्ली जिल्ला थाना घर भएका २६ वर्षीय सागर माली र १९ वर्षीय कुष्ण अढाडे छन्।

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले मालीको साथबाट ४५ लाख र अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद गरेको छ।

स्रोत नखुलेको रकम (हुण्डी कारोबार) सहित पक्राउ परेका दुबैलाई कारबाहीका लागि राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने तयारी गरिएको छ।

More News last news
Loading...