काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा असोज ११ गतेदेखि दशैंको अग्रिम टिकट बुकिङ खोल्दै छ।
गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र यातायात व्यवसायीको बिहीबारको बैठकले दशैंलक्षित अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।
असोज ११ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएसंगै देशभरका मुख्य रुटमा चल्ने सवारीको भाडासमेत सार्वजनिक भएको छ। सार्वजनिक गरिएको भाडादर असारदेखि समायोजन गरिएको अनुसार लागू भएको छ।
विभागले यसअघि असार २९ गते अन्तरप्रदेश भाडा समायोजन गरिसकेको छ। विभागले यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहााडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा वृद्धि गरेको थियो।
यता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने बर्खाले गर्दा सडक बिग्रिएको भन्दै चाडबाडमा सबै सडक मर्मत गरेर यात्रुलाई गन्तव्यसम्म पुर्याउने वातावरण बनाउनुपर्ने माग गरेको छ। सडक मर्मत नसकिँदासम्म अग्रिम टिकट बुकिङ खुल्लाको कुनै अर्थ नरहने महासंघले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
