अन्तिम समयमा आएर त्रिविले गर्यो परीक्षा स्थगन (सूचनासहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुरले सूचना जारी गरेको हो। त्रिविले परीक्षा स्थगन गरिएको सम्बन्धि सूचना प्रकाशित गरेको छ ।

त्रिविले जारी सूचनामा भनेको छ, ‘उपरोक्त सम्बन्धमा यस अध्ययन संस्थानद्धारा सञ्चालित पक्लिहवा क्याम्पस अन्र्तगत वि.भि.एस्सी. एण्ड ए.एच.एच. पाँचौँ वर्ष दोस्रो सत्रान्तका इन्टरशिपको मुल्यांकन तालिका यस अघि प्रकाशित सूचनामा मिति २०७८।०६।०८ देखि २०७८।०६।१० गतेसम्म राखिएकोमा उक्त क्याम्पसको असामान्य परीस्थितिमा क्याम्पस अनिश्चितकालीन बन्द भएकोले अर्को सूचना प्रकाशित नभएसम्मको लागि उक्त मूल्यांकनको कार्यक्रम स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।’

Advertisement

त्रिविको सूचना अनुसार अब अर्को सूचना जारी नभएसम्मका लागि उक्त मूल्यांकनको कार्यक्रम नहुने भएको हो ।

त्रिवि

 

यसैगरी, त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकायले परीक्षा केन्द्र कायम गरिएको सूचना प्रकाशित गरेको छ । त्रिविको परीक्षा शुरु हुने समय बिहान ११ः०० बजे तोकेको छ ।

जारी सूचनामा भनिएको छ, ‘यस संकायद्धारा मिति २०७८।०६।१५ गतेदेखि २०७८।०६।२० गतेसम्म सञ्चालन हुने Master of Business Studies(MBS) तथा Master of Public Administration (MPA) कार्यक्रमको चौथो सत्रको पुनः (मौका) परीक्षा–२०२१ को परीक्षा केन्द्र देहाय अनुसार निर्धारण गरिएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

साथै, त्रिविले सबै परीक्षा केन्द्रहरुले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्डहरु जस्तैः मास्क, सेनिटाइजर, हात धुने साबुनको व्यवस्था र सामाजिक सुरक्षाको मापदण्ड अनिवार्य रुपमा सबै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई सूचित गरिएको छ।

More News last news
Loading...