काठमाडौँ । गायक तथा संगीतकार, मोडेल बादल प्रसाईंको नयाँ गीत ”पिरती बस्यो नि सानु” बजारमा आएको छ।
लामो समयको अन्तरालपछि प्रसाईंले आफ्नो नयाँ गीत ”पिरती बस्योनि सानु” लिएर फेरी सांगीतिक बजारमा आएका हुन्।
सुबास रेग्मीले निर्माण गरेको उक्त गीतलाई विन्ध्यवासिनी म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो । दिपक शर्माको शब्द संगीत रहेको गीतमा बादल प्रसाइँले स्वर दिएका छन्।
विन्ध्यवासिनी म्युजिक प्रा.लि.को अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको सोहि गीतको भिडियोलाई भने पछिल्लो समयका ब्यस्त एबम लोकप्रिय निर्देशक देवेन्द्र पाण्डेले निर्देशन गरेका छन्।
चक्र बम र श्रेया कार्कीको अभिनय रहेको छ गीतको म्युजिक भिडियोलाई अजय रेग्मीले छायांकन र दिपक बिष्टले सम्पादन गरेका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
