काठमाडौं । प्रहरीले ट्रान्सफर्मर चोरी गर्दै गरेको अवस्थामा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गल्छि गाउँपालिका(८ का ४३ वर्षीय नारायण थापा रहेका छन्।
असोज २ गते राति ८:३० बजेको समयमा चन्द्रागिरि नगरपालिका-११ स्थित सामसुङ टिभी कारखानाको कम्पाउण्डमा राखिएको बिजुलीको ट्रान्सफर्मर चोरी गरेको आरोपमा वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनको साथबाट फलाम काट्ने कटर १ थान, पेन्चिस १ थान , एक तर्फ धार तथा अनर्को तर्फ तिखो चुच्चो भएको फलामको ड्ण्डी १ थान, स्क्रु ड्राईभर १ थान , बिभिन्न साईजको रेन्ची ११ थान, कपडाको सल २ थान , प्लाष्टिकको वोरा ३ थान, ट्रान्सफर्मर १ थान र ट्रान्सफर्मर तान्न प्रयोग भएको रवरको कालो रंगको फिता डोरी १ थानबरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौ ले जनाएको छ।
पक्राउ परेका उनीमाथि मुलुकी फौजदारी अपराध सहींता २०७४ बमोजिम वृत्त थानकोटवाट थप अनुसन्धान भईरहेको साथै अन्य संलग्न मानिसहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
