वालिङ । ‘गर्नु गर्यौ बलराम भैँसी पालेर खाटी दुधमा पानी हालेर’ का चर्चित सर्जक, गायक एवं संगीतकर्मी अर्जुन गैह्रेले बजारमा नयाँ गीत धुलो खाएर’ बजारमा ल्याएका छन्।
गैह्रेको गीतमा नेपालमै भएको श्रीमान र बिदेश भएकी श्रीमतीसंगको कुराकानी समेटिएको छ। केटी विदेशमा बसेर कमाउने र केटा नेपालमै धुलो माटोमा काम गर्दा खूशी भएको र देशमा बसेर काम गर्नुपर्ने गितले सन्देश दिएको छ।
समसामयिक विषयमा आधारित नया लोकगीत धुलो खाएर अत्यन्तै मौलिक र मर्मस्पर्शी छ।
यतै आउ भिसा लिएर एल्बम सार्वजनिक भएको धुलो खाएर गितमा शब्द संगीत अर्जुन गैह्रेले गरेका छन् भने गैह्रेलाई सुनिता बुढा क्षेत्रीले स्वरमा साथ दिएकी छन्। अन्जली अधिकारी र लोमस शर्मा अभिनय रहेको छ भने प्रकाश भट्टले निर्देशन गरेका छ्न्।
बिन्दबासिनी म्युजिकले अडियो-भिडियो निर्माण गरेको गितको छायांकन नवराज उप्रेतीले गरेका छन् भने, भिडियो सम्पादन बिष्णु शर्माले गरेका छन् । गीत बिन्दवासिनी म्युजिक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
