नयाँपुस्ताकर्मी मरासिनी ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन पुरस्कार’ बाट सम्मानित

काठमाडौं । नयाँपुस्ताकर्मी पत्रकार गोविन्द मरासिनीलाई नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले सम्मान गरेको छ।

कोरोना महामारी चलिरहेको समयमा महासंघ अन्तर्गत एसोसिएट प्रदेशमा आवद्ध भई सक्रिय भूमिका निर्वाह गरेको भन्दै मरासिनीलाई प्रदेश समितिले सम्मान गरेको हो । लामो समयदेखि पत्रकारितामा क्रियाशिल मरासिनी हाल नयाँपुस्ता डटकम सहित काठमाडौं प्रेस डटकममा समेत आबद्ध रहेका छन् ।

Advertisement

उनले सामाजिक र राजनीति बाहेक पर्यटन, युवा र मनोरञ्जनका क्षेत्रमा समेत स्वतन्त्र रुपमा कलम चलाउँदै आएका छन् । उनलाई एसोसियट प्रदेश समितिको प्रथम सम्मेलनका क्रममा धुलिखेलमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि तथा नेपाल सरकारका अर्थमन्त्री जर्नादन शर्मा, नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका अध्यक्ष बैकुण्ठराज पराजुली लगायतले नगद रु १० हजारसहित कदरपत्रले सम्मान गरेका हुन् ।

उनीसँगै सम्मानित हुनेमा चलचित्र पत्रकारितातर्फ रिना मोक्तान (कान्तिपुर), आर्थिक पत्रकारितातर्फ मेनुका कार्की (हाम्रो अर्थ डटकम), खेलकुदतर्फ जीतबहादुर साउद (ग्यालेक्सी टिभी), फोटो पत्रकारिता तर्फ चन्द्र बहादुर आले (अनलाइनखबर), कार्टुनतर्फ विरोचन मल्ल ठकुरी (इकागज डटकम) रहेका छन्।

कार्यक्रममा ७० बर्ष नाघेका बरिष्ठ पत्रकारहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा अर्थमन्त्री शर्माले पत्रकारहरुका समस्याका बिषयमा आफू जानकार रहेको बताउँदै पत्रकारमा मुद्दामा आफू र आफ्नो मन्त्रालयका तर्फबाट गर्न सकिने सम्पूर्ण कार्यमा सधै तयार रहने प्रतिवद्धता जनाए ।

यस्तै, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, बरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, उपाध्यक्ष बाला अधिकारी सचिव रोशन पुरी लगायतका केन्द्रीय समितिका नेतृत्वकर्ताले एसोसिएट प्रदेश समितिले उठाएका मागका बिषयमा सकरात्मक रहेको भन्दै केन्द्रीय समितिमा विविध छलफल गर्दै निर्णयमा पुग्ने बताए ।

दुइ दिनसम्म चलेको सम्मेलनले सहभागीहरुका बीचमा व्यापक छलफल गर्दै १३ बुँदे धुलिखेल घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

More News last news
Loading...