काठमाडौं । सशस्त्र प्रहरीले काठमाडौंबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्रको विशेष व्यूरो टोलीले बुधबार दिउँसो ४:१० बजे काठमाडौं महानरपालिका–१६ स्थित सीतापाइलाबाट एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौंस्थित तारकेश्वर नगरपालिका–३ जितपुर फेदीका २४ वर्षीय सोनाम तामाङ रहेका छन् । सीतापाइलाको रक चिल्ली रेस्टुरेन्टबाट अवैध रुपमा मेड इज जर्मनी लेखिएको लोडेल भरुवा पेस्तोल लिएर हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो।
सो पेस्तोलमा लाग्ने पाँच राउन्ड गोली पनि सशस्त्र टोलीले पक्राउ गरेको छ । उनको साथबाट बा ४९ प ७५६५ नम्बरको मोटरसाइकल, एक थान मोवाइल र म्यागेजिन पनि बरामद गरेको हो । उनीमाथि थप अनुसन्धानका लागि सशस्त्र टोलीले स्वम्भूस्थित प्रहरी वृत्तमा बुझाएको छ।
यस्तै, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१४ बल्खु बस्ने ४८ वर्षीय प्रकाश श्रेष्ठ र काठमाडौं महानगरपालिका-२९ असन बस्ने ३६ वर्षीय बिनम श्रेष्ठ रहेका छन्।
प्रकाशलाई रुपन्देहीबाट र बिनमलाई काठमाडौंको असनबाट पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ। उनीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी झुक्यानमा पारी बैंक अफ काठमाडौँ र सिद्धार्थ बैकको चेक काटेर दिएका थिए।
दुवैजनाले पीडितलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्याएर बैंक अफ काठमाण्डु र सिद्धार्थ बैकका बिभिन्न रकमका चेकहरु आ-आफ्नो खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई दिएका थिए।
पक्राउ परेका दुवैजनालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
