काठमाडौँ । महानगरपालिका वडा नम्बर १४ का वडा सदस्य घुससहित रङ्गेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले स्टिङ अप्रेशनको क्रममा कंलकी खसीबजारस्थित न्यू कान्तिपुर तन्दुरी भोजनालयवाट घुससहित वडा नम्बर १४ का वडा सदस्यलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए।
पक्राउ पर्नेमा नेकपा (एमाले)बाट निर्वाचित वडा सदस्य वसन्त महर्जन रहेका छन्। अख्तियारका अनुसार उनी दुई लाख रुपैयाँ लिँदै गर्दा रंगेहात पक्राउ परेका हुन्।
महर्जनले मैतीदेवीको जग्गा नामसारी र नाता प्रमाणित गरिदिने भन्दै सेवाग्राहीसँग दुई लाख रकम मागेका थिए। पक्राउ परेका उनलाई थप अनुसन्धान र कारबाहीका लागि अख्तियारको कार्यालय टंगालमा लगिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
