काठमाडौँ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ मलेखु बीच बजारमा रहेको होटल हङ्ग्री बर्ड रेष्टुरेन्ट एण्ड गेष्ट हाउसलाई २० हजार रुपैयाँ जरिवाना तिराइएको छ।
विहिबार काठमाडौंबाट नारायणगढ हिँडेका यात्रुलाई होटलमा माछासहितको खाना खुवाउने क्रममा माछामा किरा परेको भेटिएको थियो । यात्रुले जानकारी दिएपछि अनलाईन मेडियाहरुमा समाचार समेत प्रकाशन भएको थियो ।
प्रकाशित समाचार तथा यात्रुको मौखिक उजुरीका आधारमा होटललाई विहिबार बेलुका नै २० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
उक्त होटलका मालिक प्रकाश त्रिपाठीले गल्ती भएको स्विकार गरेका थिए । जिल्ला प्रशासन कार्यालयका अनुसार होटलमा विभिन्न ६ किसिमका म्याद गुज्रिएका बिस्कुट र कुकीजहरु फेला परेको छ ।
कामदारहरुले कोभिड १९ को स्वास्स्थ्य मापदण्ड पालना नगरेको र होटल सञ्चालनमा लापरबाही गरेको प्रशासनले ठहर गरेको छ ।
यसैगरी भैरवीनाथ भोजनालयबाट लेबल नभएका र म्याद गुज्रिएका चाउमिन १३ पाकेट फेला परेको, मांसाहारी र शाकाहारीका लागि एउटै फ्रिजको प्रयोग गरेको, पकाएको आलु र चाउचाउ ताजा नभएको, सरसफाइमा ध्यान नदिएको र होटल सञ्चालनमा लापरवाही गरेकाले जरिवाना गरेको बताइएको छ ।
जिल्ला अनुगमन समितिले अखाद्य वस्तु ग्राहकलाई खुवाएको उजुरी आएपछि यि दुई वटा होटल सञ्चालकलाई जरिवाना गराएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
