काठमाडौँ । झण्डै दुई किलो यार्चागुम्बासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले चार जनालाई एक किलो ८५० ग्राम यार्चागुम्बासहित पक्राउ गरेको हो।
उनीहरूलाई प्रहरीले बिहीबार काठमाडौं महानगरपालिका सामाखुसीबाट पक्राउ गरेको महाशाखाले जनाएको छ। मित्रनगर बस्ने गोरखाका ४८ वर्षीय डुण्डुप गुरूङ, नयाँबसपार्क बस्ने लमजुङका ५० वर्षीय बेलबहादुर थापा, बानियाटार बस्ने लमजुङका ४० वर्षीय कृष्ण परियार र तारकेश्वर बस्ने प्युठानका ४७ वर्षीय दानबहादुर जिसी पक्राउ परेका छन्।
अवैध रूपमा यार्चागुम्बाको कारोबार भइरहेको छ भन्ने महाशाखाले गोप्य सूचना पाएको थियो। सोही सूचनाको आधारमा खटिएको टोलीले सामाखुसीको एक घरमा डेरा गरी बस्ने डुण्डुप गुरूङले बिक्री वितरण गर्न लुकाएर राखेको प्रहरीको आरोप छ।
उनको कोठामा तलासी लिँदा प्रहरीले एक किलो ८५० ग्राम यार्चागुम्बा बरामद गरेको हो। सो यार्चागुम्बा आठ लाख बराबरको छ। उनीहरूमाथि अनुसन्धान गर्न वन डिभिजन कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
