आज काठमाडौँ उपत्यकासहित यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । आज काठमाडौँ उपत्यकासहित  वाग्मती, गण्डकी र प्रदेश-२ को केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण यी ठाउँहरुमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

महाशाखाका अनुसार, देशका अरु ठाउँमा भने आंशिकदेखि सामान्य बद्ली रही केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ।

मनसुनी न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ रहेकाले देशका अरु ठाउँमा भने ठूलो पानी वा लगातार झरी पर्ने सम्भावना नभएको उनले बताए।

आज राति पनि वाग्मती, गण्डकी, कर्णाली र प्रदेश–२ का केही ठाउँमा सामान्यदेखि मध्यम र केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यले बताए।

More News last news
Loading...