धादिङ । कर्तव्य ज्यान मुद्धामा जन्मकैद सजाय भएका प्रतिवादीलाई धादिङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविकको खरी गाविस वडा नं ४ बस्ने ५३ वर्षीय यमबहादुर राना मगर रहेका छन् ।
राना मगरले जिल्लाको साविकको खरी गाविस वडा नं ५ बस्ने लुद्रबहादुर फ्याली मगरलाई धारिलो हतियार प्रहार गरी २०६१ साल कात्तिक १२ गते हत्या गरेका थिए ।
उक्त घटनामा संलग्न यमबहादुर राना मगरलाई सम्मानित धादिङ जिल्ला अदालतबाट २०७७ मंसिर १० मा जन्मकैद सजाय हुने फैसला भएको थियो ।
निजले १९ वर्ष ७ महिना ६ दिन कैद भुक्तानी गर्न बाँकी रहेकोले प्रहरीले खोजी गरेको थियो। जिल्ला प्रहरी कार्यालय धादिङ मातहत प्रहरी चौकी साँधभन्ज्याङबाट खटिएको प्रहरी टोलीले विहिबार खरीबाट उनलाई पक्राउ गरेको हो।
पक्राउ गरिएकोलाई फैसला कार्यान्वयनका लागि सम्मानित धादिङ जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
