काठमाडौँ १९ का वडाध्यक्षको निधन, आज काठमाडौँमा शोक बिदा

काठमाडौं । काठमाडौँ महानगरपालिका–१९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन भएको छ । खाना खाने नलीको क्यान्सर रोगबाट पीडित ६५ वर्षीय श्रेष्ठको बिहिबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो।

श्रेष्ठलाई तीन महिनाअघि मात्र खाना खाने नलीको क्यान्सर रोग पत्ता लागेको थियो । बिहानसम्म साविक झैँ कुराकानी गर्नुभएका श्रेष्ठलाई दिउँसो २ बजेपछि रोगले चापे पछि अस्पताल लगिएको थियो ।

Advertisement

काठमाडौंमा शुक्रबार शोक बिदा

काठमाडौंमा शुक्रबार बिदा हुने भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १९ का वडाअध्यक्ष शशीलाल श्रेष्ठको निधनमा शोक बिदा दिइएको हो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार वडाध्यक्ष श्रेष्ठको निधनमा महानगरले शुक्रबार एक दिन शोक विदा दिने निर्णय गरेको हो ।

उनको शव बिहान ८ बजे अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा लगिने बताइएको छ । विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म वडामा राखेपछि अन्तिम संस्कारका लागि पशुपतिमा लगिने, वडा सदस्य चन्द्रमान डंगोलले जानकारी दिए । श्रेष्ठका श्रीमती ३ छोरी र १ छोरा छन्।

More News last news
Loading...