काठमाडौं । आइतबारको तुलनामा आज देशभर कोरोना संक्रमित बढ्दा यसको असर काठमाडौँमा पनि परेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९०६ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६६५, भक्तपुरमा १०३ र ललितपुरमा १३८ जना कोरोना संक्रमित थपिएका हुन्। देशभरको तथ्यांक अनुसार काठमाडौं जिल्लामा सबैभन्दा धेरै जनामा संक्रमण देखिएको छ।
यस्तै, आज देशभर पछिल्लो २४ घण्टामा २ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ८९२ जनाको पीसीआर परीक्षणमा १ हजार ९०२ र ४ हजार ३४१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३९३ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८०८ जना कोरोना संक्रमणमुक्त भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
