नागढुँगामा पहिरो खस्यो, काठमाडौँ आउने सयौँ गाडी सडकमै रोकिए

काठमाडौँ । काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुँगा सडक आज बिहानै देखि अवरूद्ध भएको छ।

नागढुँगा नजिकै चिसापानी भन्ने ठाउँमा पहिरो खस्दा बिहान साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

Advertisement

हिजो बिहानदेखि दिउँसो एक बजेसम्म अवरुद्ध भएको सडक पहिरो पन्छाएर सञ्चालनमा आएको केही घण्टामै फेरि अवरूद्ध भएको हो।

पहिरोले सडक दुईतर्फी नै पूर्णरुपमा अवरुद्ध हुँदा सयौँ गाडीको लाइन लागेको नागढुंगा प्रहरीले जनाएको छ।

पहिरो पन्छाउन डोजर परिचालन गरिसकिएकाले केही घण्टामा सडक खुला हुने प्रहरीले जनाएको छ।

More News last news
Loading...