काठमाडौँका यी ठाउँमा भोलिदेखि विद्यालयहरु खुल्ने

काठमाडौँ । काठमाडौंका केही नगरपालिकाहरुले भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्ने तयारी गरेका छन् ।

जिल्लाको गोकर्णेश्वर नगरपालिकाले भदौ १५ देखि विद्यार्थीहरुको भौतिक उपस्थितिमै नगरपालिकाभित्र सञ्चालित सबै विद्यालयहरु खुल्न दिने निर्णय गरेको छ।

Advertisement

शुक्रवार सरोकारवाला निकायहरुसँगको छलफलपछि विद्यालय सञ्चालन गर्ने सहमति भएको नगरपालिकाले आइतवार जारी विज्ञप्तिमा उल्लेख छ।

सामाजिक एवम् भौतिक दुरी र सबै स्वास्थ्य निर्देशनहरु पालना गरि मंगलवारदेखि विद्यालयहरुले भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्नसक्ने विज्ञप्तिमा उल्लेख छ।

तोकिए बमोजिम स्वास्थ्य निर्देशिकाको पालना तथा व्यवस्थापन नभएको पाइएमा त्यस्ता विद्यालयहरुमाथि कारवाही हुने चेतावनी पनि नगरपालिकाले दिएको छ।

त्यसैगरि धनुषाको मिथिला नगरपालिका, उदयपुरको कटहरी गाउँपालिका लगायतले पनि आफू मातहातका विद्यालयहरुलाई भौतिक रुपमै कक्षा सञ्चालन गर्न दिने निर्णय गरेका छन्।

More News last news
Loading...