कलाकार दमन रुपाखेतीलाई पितृशोक

काठमाडौँ । हाँस्य कलाकार एवं टेलिसिरियल निर्देशक दमन रुपाखेतीलाई पितृशोक परेको छ।

उनका बुबा श्रीहरी रुपाखेतीको ८३ वर्षको उमेरमा शुक्रबार बिहान १० बजे थानकोटस्थित घरमै आकस्मिक निधन भएको हो।

Advertisement

मृतक रुपाखेतीको शुक्रबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको कलाकार उत्तम केसीले जानकारी दिए । मृतक रुपाखेती त्रिभुवन विश्वविद्यालयको नेपाली विषयका प्रोफेसर थिए । उनले गोत्रबारे पुस्तक समेत लेखेका छन् ।

उनका चार सन्तानमध्ये दमन साईलो हुन् । थुप्रै टेलिसिरियल, केही चलचित्र, गाईजात्रा कार्यक्रम, म्युजिक भिडियोमा काम गरेका दमन पछिल्लो समय हास्य टेलिसिरियल ‘मेरी बास्स’को निर्देशक एवं कलाकारका रुपमा सक्रिय छन् ।

१४ वर्षको उमेरमै कलाकारिता सुरु गरेका दमन करिब तीन दशकदेखि कलाकारितामै सक्रिय छन् । दिनेश डिसीद्वारा निर्देशित कार्यक्रम ‘ट्वाक्क टुक्क’ मार्फत पहिलो पटक दर्शकमाझ देखिएका दमनले केही रेडियो नाटक, थुप्रै टेलिशृङ्खलामा पनि अभिनय गरिसकेका छन् ।

 

 

 

More News last news
Loading...