राप्तीमा ट्रक खस्यो, घटनास्थलमै १ जनाको ज्यान गयो, २ घाइते

काठमाडौँ । मकवानपुरको राप्ती खोलामा मालवाहक ट्रक खस्दा एक जनाको ज्यान गएकको छ।

त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी १ सानुटारमा फलाम बोकेर काठमाडौँ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८७५९ नम्बरको आईचर ट्रक आफैँ अनियन्त्रित भई खोलामा खस्दा ट्रकमा सवार एक जनाको ज्यान गएको हो ।

Advertisement

मृत्यु हुनेको पहिचान खुल्न नसकेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए मृतकको घटनास्थलमै ज्यान गएको बताइएको छ।

त्यसैगरी दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । घाइते हुनेमा ट्रक चालक मोरङ जिल्ला सुन्दरहरैचा नगलपालिका ८ बस्ने बर्ष ३१ को राजन बास्कोटा र सह चालक सोही ठाउ बस्ने २४ वर्षीय सरोज आचार्य रहेको र उनीहरूको हेटौंडा ११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको डिएसपी रिमालले जानकारी दिए।

भीमदत्त राजमार्ग अवरुद्ध

सुदूरपश्चिम प्रदेशको ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको खानीडाँडामा माथिबाट खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो ।

अहिले डोजर लगाएर पहिरो पन्छाउने प्रयास भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

पहिरो पन्छाएर सडक सुचारु गर्न केही समय लाग्ने प्रहरीले जनाएको छ। पहिरोले राजमार्ग अवरुद्ध भएपछि गन्तव्यकालागि छुटेका सवारीसाधन खानीडाँडामै रोकिएका छन् ।

More News last news
Loading...