भदौ १४ गते सोमवार देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले यही १४ गते सोमवार सार्वजनिक बिदा दिएको छ। गृहमन्त्रालयका अनुसार १४ गते श्रीकृष्ण जन्माष्टमी परेकाले सार्वजनिक बिदा दिने निर्णय भएको हो।

मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ।

Advertisement

यत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यस्तै सरकारले गाईजात्राका दिन नेवार समुदायका लागि देशैभर बिदा दिने दिएको थियो।

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व सोमवार भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो।

दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौं गर्भका रुपमा श्रीकृष्णको जन्म भएको धर्मशास्त्रहरूमा उल्लेख छ।

More News last news
Loading...