काठमाडौँका सबै नागरपालिकमा आजदेखि भेरोसेल खोप लगाइँदै, कहाँ-कहाँ छन् खोप केन्द्र ?

काठमाडौं । काठमाडौं जिल्लामा आज (शुक्रबार) देखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई आज शुक्रबारदेखि ३ दिन भेरोसेल खोपको दोस्रो मात्र दिइन लागेको हो।

काठमाडौं जिल्लाका काठमाडौं महानगरसहित ११ वटै नगरपालिकामा एकैसाथ खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

Advertisement

५० वर्षभन्दा माथि उमेर समूहका नागरिक, विश्व विद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्क सेवामा कार्यरत व्यक्तिहरु, खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिक र यस अघि भेरोसेलको दोस्रो मात्रा लगाउन छुटेका नागरिकलाई दोस्रो मात्रा खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ।

दोस्रो मात्रा खोप लगाउन जाने नागरिकले पहिलो मात्रा खोप लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटो सहितको नम्बर अनिवार्य साथमा बोकेर ल्याउनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिएका छन्।

काठमाडौँका महानगरपालिका र नगरपालिका तोकिएका खोप केन्द्र बाहेक राधास्वामी आइसोलेसन सेन्टर सामाखूसी, शसस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, शिक्षण अस्पताल, परोपकार प्रसुती गृह तथा स्वीरोग अस्पताल, निजामती कर्मचारी अस्पताल, विरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा खोप लगाइँदै छ ।

यस्तो छ विज्ञप्ति

More News last news
Loading...