ससुरा-बुहारी एकैचोटी हराएपछि खोज्न हिँडे गाउँले, आँपबारीमा दखेको दृश्यले उड्यो सबैको होस्

काठमाडौँ । ससुरा बुहारी एकैचोटी हराएपछि खोज्न हिँडेका गाउँले घर नजिकैको बाँस घारीमा उनीहरुलाई देखेपछि कराउँदै र चिच्याउँदै दगुरे । उनीहरुलाई खोज्न हिँडेका स्थानीयले घर नजिकै आँपबारीमा रगतको छिर्का देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी आएसँगै धनुषाको मिथिला बिहारी नगरपालिका–५ स्थित ललियामा ५५ वर्षीय ससुरा रामवृक्ष मण्डल र २१ वर्षीया बुहारी अम्बिका मण्डलको हत्या गरी गाडेको अवस्थामा शव फेला पर्यो ।

Advertisement

उनीहरूको हत्या आफूले गरेको ३० वर्षीय भागेश्वरले प्रहरी समक्ष स्वीकार गरेका छन् । भागेश्वर रामवृक्षका छोरा हुन् भने अम्बिकाका श्रीमान्।

विगत १० वर्षदेखि वैदेशिक रोजगारीमा रहेका भागेश्वरले अनैतिक सम्बन्धको आशंका भएपछि गयराति करिब १ बजे हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रकाश रानाभाटले भागेश्वरलाई आफ्नै घरबाट नियन्त्रणमा लिएको बताए।

‘उनले आफूले कर्तव्य गरेको स्वीकारेका छन्,’ एसपी रानाभाटले सञ्चारकर्मीसँग भने, ‘राति बाँसको कप्टेरा र फरुवा (कोदालो) ले हानेको हुँ भन्ने स्वीकार गरेका छन्।’

भागेश्वर २०६७ सालमा ४ वर्ष मलेसिया, आएर २०७३ सालमा कतार बसे, त्यसपछि ७७ पुसमा कतार गएर चैत ११ मा फर्किएका थिए। उनका १ छोरा र १ छोरी छन्।

More News last news
Loading...