लकडाउनबारे भोलि निर्णय हुने

काठमाडौँ । काठमाडौँ उपत्यकामा लकडाउनको समयावधि थपबारे (भोलि) मंगलबार निर्णय हुने भएको छ। कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सुझावपछि लकडाउन थप गर्ने तयारी थालिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

उनले भने, ‘भोलि मंगलबार दिउँसो ३ बजे बैठक बसेर लकडाउन थपबारे निर्णय गर्ने तयारी छ। लकडाउनको मोडालिटीबारे भोलि नै निर्णय हुन्छ।’ सरकारले जारी गरेको पछिल्लो लकडाउनको समयावधि मंगलबार राति १२ बजेदेखि सकिदैछ।

Advertisement

लकडाउनका कारण मुख्यतः शिक्षण संस्था, फिल्महल, चिडियाखाना,स्वीमिङ पुल, दोहोरी साँझलगायत भीडभाड हुने ठाउँहरु बन्द छन्।

सङ्क्रमण नियन्त्रण गर्न र अर्थतन्त्रलाई चलायमान राख्न प्रभावकारी रणनीति अपनाउँदै सरकारले स्मार्ट लकडाउनको अवधारणा कार्यान्वयनमा ल्याएको छ। स्मार्ट लकडाउन अनुसार अहिले निश्चित समयमा पसल तथा सवारीसाधान सञ्चालन हुँदै आएका छन्।

संक्रमणको जोखिमको मूल्यांकनका आधारमा संक्रमणको श्रृंखलालाई तोड्दै सार्वजनिक सेवा तथा आर्थिक क्रियाकलापहरु यथासम्भव सञ्चालन गर्ने र संक्रमणमुक्त स्थानमा क्रमशः त्यस्ता क्रियाकलापहरु खुल्ला गर्दै लैजाने उद्देश्य स्मार्ट लकडाउन’ सम्बन्धी कार्यविधि-२०७८ समेत जारी भएको छ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४८ हजार ९८१ पुगेको छ भने १० हजार ५३३ जनाले ज्यान गुमाएका छन्। त्यस्तै ७ लाख ९७ जना संक्रमणमुक्त भएका छन्।

More News last news
Loading...