काठमाडौँको होटल साम्बालाले शुरु गर्यो जुम रुम

काठमाडौं । बदलिदों परिस्थितिलाई मध्यनजर गर्दै र बजारमा भर्चुअल व्यवस्थाको मागलाई सम्बोधन गर्नको लागि काठमाडौको चक्रपथ स्थित होटल साम्बालाले जुम रुमको व्यवस्था गरेको छ।

विभिन्न कन्फ्रेस लगायत मिटिङहरू स्वास्थ्यको मापदण्ड पालना गर्दै सम्पन्न गर्नको लागि हाइब्रिड सेट अप व्यवस्था गरिएको जुम रुम सञ्चालनमा ल्याएको हो, जसमा भर्चुअल र भौतिक दुबै रुपमा कार्यक्रम सम्पन्न गर्न सकिने होटल शाम्बालाका महाप्रवन्धक रबिन मानन्धरले बताए।

Advertisement

यस मिटिङ रुममा भौतिक रुपमा उपस्थित पनि हुन सकिन्छ भने आफ्नो डेस्कटप, मोबाइल अथवा अन्य कुनै डिभाइसबाट  जुम मार्फत मिटिङ रुममा सहभागी पनि हुन सकिन्छ । भौतिक रुपमा सम्पन्न हुने कार्यक्रममा पनि सामाजिक दुरी कायम राख्दै स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गर्दै सो रुम तयार गरिएको छ।

यस मिटिङ रुममा एडभान्स प्रविधि प्रयोग गरिएको छ जहाँ हाई क्वालिटि स्पिकर फोन, अल इन वान क्यामेरा र अप्सनल एक्सपानसन माइक्रोफोन लगायतका उपकरणहरू प्रयोग गरिएको छ।

काठमाडौ उपत्यका भित्रै रिफ्रेसमेन्टका लागि होटल साम्बाला उपयुक्त ठाउँ हो। होटलको रुफटप स्वमिङ पुल र पुलसाईड क्याफेले त्यहाँ पुग्ने जो कोहिलाई मोहित बनाउँछ। होटलबाट काठमाडौं उपत्यकाको विभिन्न भाग र वरपरका पहाडहरु देख्न पाइन्छ। सुर्यास्तको दृश्य यहाँको अर्को आकर्षण हो।

होटलले परम्परागत नेपाली शैलीमा अतिथीको सत्कार गर्दै आधुनिक सुविधाहरू प्रदान गर्दै आइरहेको छ। साम्बाला पुग्ने हरेक मानिसले तिब्बती सम्पदा र कला–संस्कृतिलाई बुझ्न र अवलोकन गर्न पाउनेछन् । डिलक्स, एक्जुकेटिभ र स्विट रुम, रेष्टुरेन्ट, स्विमिङ पुल र स्पा सबै साम्बालामा छन् जसले गर्दा अतिथिहरुले सबै सुविधाहरु एउटै छानामुनी पाउन सक्छन् ।

More News last news
Loading...