रूक्माङ्गद् कटवालले सुरु गरे हिन्दू राष्ट्र स्वाभिमान अभियान

काठमाडौँ । पूर्वप्रधानसेनापति रूक्माङ्गद कटवालले ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ सुरु गरेका छन्। ललितपुरको एकान्तकुनास्थित अभियानको केन्द्रीय कार्यालयमा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कटवालले यो अभियान प्रारम्भ गरेका हुन्।

‘नेपालमा सबैलाई जोड्ने संस्कृति भनेकै हिन्दू संस्कृति हो । यसै भावलाई अर्थात हिन्दुत्वको स्वाभिमानलाई प्रत्येक नागरिकका मनमनमा जागरण गर्नु यस अभियानको उद्देश्य हो,’ कटवालले भने।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय गुरुकुल शिक्षा परिषद्का उपाध्यक्ष स्वामी केशवानन्दले हिन्दू धर्मले सबै प्रकारका उपासना पद्दति अपनाउन स्वतन्त्रता दिएको दाबी गरे।

त्यस्तै, शान्तिधामका मठाधीश स्वामी भानुभक्ताचार्य महाराजले हाम्रो स्वत्वलाई जीवनमा कायम गरे मात्र राष्ट्रले आफ्नो सही चिनारी दिन सक्ने धारणा राखे ।

हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह–संघचालक रहेका पूर्वएआईजी कल्याण कुमार तिम्सिनाले यो अभियान एउटा सामाजिक अभियानका रुपमा अघि बढ्ने बताए।

कार्यक्रममा बोल्दै वक्ता देवेश झाले जनमानसले गौरवशाली संस्कृतिको स्वाभिमान बिर्सँदा समाजमा विकृति मौलाइरहेको जिकिर गरे।

जुम प्रविधिमार्फत कार्यक्रममा देशभरका १ हजार कार्यकर्ता तथा शुभचिन्तकलाई जोडिएको अभियानले जनाएको छ।

More News last news
Loading...