६ महिनादेखि बन्द चन्द्रागिरि केबलकार आजबाट सुचारु

काठमाडौं । करिव ६ महिनदेखि बन्द अवस्थामा रहेको चन्द्रगिरि केवलकार पुनः सञ्चालनमा आएको छ । रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरी केवलकार पुनः सञ्चालनमा ल्याइएको हो ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि बन्द रहेको केवलकारलाई चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर स्वास्थ्य मापदण्डको पालनासहित सञ्चालनमा ल्याइएको रिसोर्टले जानकारी दिएको छ।

Advertisement

हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले कोरोनाका कारण पूर्ण रुपमा सञ्चालनमा ल्याउन नसकेपनि चन्द्रागिरि हिल्स रिसोर्टमा जाने पाहुनालाई लक्षित गरेर केवलकार सञ्चालनमा ल्याइएको जानकारी दिए।

“आठ जना अट्ने केवलकारमा स्वास्थ्य मापदण्डलाई पालना गर्दै चारजनासम्म आवतजावबत गर्ने गरी केवलकार सञ्चालनमा ल्याएका छौँ,”–उनले भने।

चन्द्रागिरि हिल्ससम्म जान आउनका लागि सात सय रूपैयाँ लाग्ने कम्पनीले जनाएको छ।

More News last news
Loading...