अष्टलक्ष्मी शाक्यलाई सरकार जोगाउन कठिन, यस्तो छ बागमती प्रदेशसभाको अंकगणित

काठमाडौँ । बागमती प्रदेशमा एमालेले सरकारको नेतृत्व परिवर्तन गर्दै प्रदेश सरकारमाथि आफ्नो पकड कायम राख्ने प्रयास गरे पनि प्रदेशसभामा एमालेले बहुमत जोगाउन नसक्ने देखिएको छ।

बुधबार डोरमणि पौडेलले एमालेको प्रदेशसभा संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिँदै सरकारको नेतृत्व परिवर्तनका लागि बाटो खोलेका थिए।

Advertisement

लगत्तै एमालेबाटै अष्टलक्ष्मी शाक्य प्रदेशसभा संसदीय दलको नेता चयन हुँदै मुख्यमन्त्री बन्न सफल भइन् । आफू नेतृत्वको सरकारलाई टिकाउन भने मुख्यमन्त्री शाक्यलाई कठिन हुने देखिएको छ।

प्रदेशमा एमालेको एकल बहुमतको सरकार रहेको र एमाले विभाजनबाट प्रदेश सरकारको नेतृत्व गुम्ने अवस्था आउने आँकलन गर्दै ओली पक्षले आफ्नै पार्टीको पकडमा सरकार राख्नका लागि अचानक मुख्यमन्त्री फेरबदल गरेको हो।

सोही क्रममा एमालेले लामो समयदेखि माधवकुमार नेपाल पक्षलाई साथ दिँदै आएकी नेतृ अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाएको हो । शाक्यलाई मुख्यमन्त्रीको जिम्मेवारी दिएसँगै उनी एमालेमै रहने र प्रदेश सरकार पनि एमालेकै पकडमा रहने ओली पक्षको आँकलन छ ।

बागमतीमा यस्तो छ अंकगणित

बागमती प्रदेशमा नेकपा एमालेका ५६, माओवादी केन्द्रका २३, काँग्रेसका २२ जना, विवेकशील साझाका ३ जना, मजदुर किसान पार्टीका २ जना, राप्रपाका २ र १ जना स्वतन्त्र गरी कुल १०९ जना सांसद छन् ।

नेकपा एमाले विभाजन हुनु अघि बागमती प्रदेशमा केपी ओली पक्षका ३४ र माधव नेपाल पक्षका २२ जना सांसद थिए । तत्कालीन समयमा माधव नेपाल समूहका २२ मध्ये राजेन्द्र पाण्डेको पक्षमा १२ जना सांसद रहेको बताइन्छ ।

राजेन्द्र पाण्डे र मुनु सिग्देलसहित अन्य केही सांसद माधव नेपाल समूहमा गएका छन् । यसले गर्दा एमालेले प्रदेश सरकार आफ्नै नेतृत्वमा राख्ने सपना अन्त्य हुने सम्भावना छ।

More News last news
Loading...