ओलीपक्षमा लाग्नेबित्तिकै अष्टलक्ष्मी शाक्यलाई मूख्यमन्त्रीको चिठ्ठा !

काठमाडौं । नेकपा एमाले औपचारिक रूपमा विभाजन भएसँगै बागमती प्रदेश सरकारमा पनि हेरफेर भएको छ । अष्टलक्ष्मी शाक्यलाई एमाले बागमती प्रदेश संसदीय दलको नेतामा सर्वसम्मत रुपले चयन गरिएको छ ।

यसअघि एमालेको नेपाल–खनाल खेमामा रहेकी शाक्य केपी ओली पक्षमा प्रवेश गर्दै बागमती प्रदेशकी मुख्यमन्त्री बन्न लागेकी हुन् । उनलाई नेपाल खनाल खेमा छाड्दा मुख्यमन्त्रीको चिठ्ठा परेको हो ।

Advertisement

मुख्यमन्त्री डोरमणी पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिन लगाएर नाटकीय रुपमा शाक्यलाई दलको नेता बनाइएको छ । हटौंडास्थित प्रदेशसभा सचिवालयमा बसेको एमाले प्रदेश संसदीय दलको बैठकले शाक्यलाई सर्वसम्त रुपमा दलको नेतामा चयन गर्यो ।

प्रदेश प्रमुख विष्णु प्रसाईं गृहजिल्ला झापाबाट फर्किए लगतै मुख्यमन्त्री पौडेलले राजीनामा दिने सहमति भएको छ । १ सय १० सदस्य रहेको बागमती प्रदेशमा ५६ सांसद्सहित एमाले स्पष्ट बहुमतमा छ।

यसैबीच, नेकपा एमालेको माधव नेपाल समूहले नयाँ दल दर्ता गराएको छ । उक्त समुहले माधवकुमार नेपालको अध्यक्षतामा ९५ केन्द्रीय सदस्य रहनेगरी नेकपा एमाले (समाजवादी) नामक पार्टी दर्ता गराएको हो ।

More News last news
Loading...