अफगानिस्तानमा राष्ट्रिय झण्डाको समर्थनमा भएको प्रदर्शनमा तालिबानले गोली चलायो

काठमाडौँ । अफगानिस्तानको जलालबाद शहरमा राष्ट्रिय झण्डाको समर्थनमा उत्रिएका प्रदर्शनकारीमाथि तालिबानले गोली चलाएको छ।

बुधबार जलालबादमा कार्यालयहरुमा तालिबानको सट्टामा राष्ट्रिय झण्डा राख्नुपर्ने माग गर्दै प्रदर्शन भएको थियो। तर, प्रदर्शनमा उत्रिएका मानिसहरुमाथि तालिबानका लडाकूले गोली चलाएको स्थानीय समाचार एजेन्सी पाज्झोक अफगान न्युजले जनाएको छ।

Advertisement

तालिबानका लडाकूले आन्दोलनको कभरेज दिइरहेका पत्रकारलाई पनि कुटपिट गरेका थिए। सामाजिक सञ्जालमा शेयर गरिएको भिडियोमा सयभन्दा धेरै मानिसहरु राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा उत्रिएको देख्न सकिन्छ भने पृष्ठभूमिमा गोली चलिरहेको आवाज सुन्न सकिन्छ।

उक्त घटनामा कसैलाई गोली लागेको नलागेको भन्ने खुल्न सकेको छैन। यसअघि मंगलबार अफगानिस्तानका महिलाहरुले आफूहरुको अधिकार रक्षाको माग गर्दै आन्दोलन गरेका थिए।

सामाजिक सञ्जालमा देखिएको भिडियोमा महिलाहरुले आफ्नो अधिकार, सामाजिक सुरक्षा, काम गर्ने, शिक्षा तथा राजनीतिक सहभागिताको अधिकार माग गरिरहेको देख्न सकिन्छ।

अगष्ट १५ मा तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएपछि पहिलोपटक तालिबानविरुद्ध अफगानिस्तानमा प्रदर्शन भएको हो।

अहिले कैयौं अफगानी नागरिक मुलुक छाडेर भागिसकेका छन् भने धेरै मानिसहरु बाहिरिने प्रतीक्षामा विमानस्थलमा छन्। एजेन्सीहरुको सहयोगमा

More News last news
Loading...