देश छोडेर भागे अफगानिस्तानका राष्ट्रपति

काठमाडौँ । अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन्। उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाई उर्दित गर्दै अलजजिराको समाचारमा उल्लेख छ।

सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन्। आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश छाडेका हुन्।

Advertisement

अफगानिस्तानको राजधानी काबुल शहरमा विद्रोही तालिबानी लडाकूहरु प्रवेश गर्न थालेपछि राष्ट्रपति असरफ घानीले आजै आपतकालीन बैठक समेत बोलाएका थिए। उनले नेटोका अधिकारीहरुसँग वार्ता थालेको बताइएको छ।

राष्ट्रपति घानीले शनिबार एक वक्तव्यमा देश गम्भीर संकटमा परेको बताएका थिए। अफगानिस्तानको सुरक्षा मजबुद बनाउनका लागि सेनालाई संगठित बनाइने राष्ट्रपति घानीले बताएका थिए।

आइतबार बिहानैदेखि तालिबानीहरु काबुलमा घुस्न थालेपछि त्यहाँको संकट थप गहिरिएको छ। तालिबानीहरुले काबुल बाहेकका शहरहरु कब्जामा लिइसकेका छन्।

उनीहरु तीव्र गतिमा काबुलतर्फ बढिरहेका छन्। प्रमुख शहर जलालाबादका सरकारी अधिकारीहरुले कुनै प्रतिवादबिनै तालिबानीसँग आत्मसमर्पण गरेपछि उत्साहित देखिएका तालिबानीहरु काबुलतर्फ अघि बढेका हुन्।

यसैबीच अमेरिकाले आफ्ना ५ हजार सैनिकहरुलाई अफगानिस्तान पठाएर आफ्ना नागरिकहरुको उद्धार सुरु गरेको छ। काबुलबाट उसले आफ्नो दूतावासका कर्मचारीहरुलाई तीव्र रुपमा बाहिर निकालिरहेको छ।

More News last news
Loading...