विश्व आदिवासी दिवसको अवसरमा आज सार्वजनिक बिदा

दमौली । सत्ताइसौँ विश्व आदिवासी दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नगरपालिकाको यही साउन २२ गते बसेको कार्यपालिका बैठकले आज आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

Advertisement

सार्वजनिक बिदाका अवसरमा नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक) बन्द रहने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए।

साथै कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य भने सञ्चालन रहने नगरपालिकाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

जिल्लाका विभिन्न स्थानीय तहले विशेष दिनमा सार्वजनिक बिदाको घोषणा गर्दै आएका छन्। जिल्लाका स्थानीय तहले व्यास जयन्ती, शहीद दिवस, भानुजयन्ती, मगर दिवस, एकादशी पर्वमा सार्वजनिक बिदा दिँदै आएका छन्।

More News last news
Loading...