काठमाडौँ । कोभिड विरुद्धको खोप अभियानअन्तर्गत आदेखि कोभिसिल्डको दोस्रो मात्राको खोप लगाइँदै छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका अनुसार यसअघि कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलगायतका व्यक्तिलाई दोस्रो मात्रा खोप आजदेखि दिन लागिएको हो।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप महाशाखाका प्रमुख डा. झलक गौतले भुटानबाट खोप आइसकेकोले उक्त खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई खोप दिन लागिएको जानकारी दिए ।
उनले आजबाट जापान र भुटानबाट आएको खोप लगाइने बताए । काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले काठमाडौँ जिल्लामा पनि कोभिसिल्ड खोप लगाइसकेका नागरिकका लागि दोस्रो मात्रा खोप लगाइने जानकारी दिए ।
उनले काठमाडौँमा १४४ खोप केन्द्रमार्फत कोभिसिल्डको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइने बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
