कतारको प्रतिबन्ध आजदेखि थप खुकुलो बन्दै, अब यी काम गर्न सहज हुने

काठमाडौँ । नेपाली श्रमिकको प्रमुख गन्तब्य रहेको कतारले कोरोना महामारीका कारण लगाएको प्रतिबन्ध क्रमशः हटाउँदै लगिरहेको छ। आजदेखि कोरोना नियन्त्रणका लागि लागू गरेको तेस्रो चरणको प्रतिवन्ध थप खुकुलो बनाउने निर्णय गरिएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अब सबै उमेर समूहका लागि मस्जिद खुला गरिने जनाएको छ । कोरोनाबिरुद्धको दुबै डोज खोप लगाएकाहरू ३५ जनासम्म भेला हुन् पाइनेछ।

Advertisement

सम्पूर्ण सपिङ मलका चेन्जिङ रुमहरू खुला गर्न पाइनेछ भने २० प्रतिशतसम्म क्षमतामा खोप लगाएका ग्राहकहरुले रेस्टुरेन्टमा बसेर खान पाउने छन्।

जोखिम मूल्याङ्कनको आधारमा ३० देखि ५० प्रतिशतसम्म क्षमतामा प्रदर्शनी, सम्मेलन र कार्यक्रम गर्न पाइने मन्त्रालयले जनाएको छ । पूर्ण खोप लगाएका ३५ जनासम्मले खेलकुद प्रशिक्षण गर्न पाउने छन्।

कतारमा पछिल्लो २४ घण्टामा १८१ जनामा मात्र नयाँ संक्रमण भेटिएको छ । योसंगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख २७ हजार ५५ पुगेको मन्त्रालयले जनाएको छ ।

More News last news
Loading...