काठमाडौं । थानकोनको चन्द्रागिरि हिल्स र गोकर्णस्थित गोकर्ण फरेष्ट रिसोर्टले ‘लक्जरी रिसोर्ट’को मान्यता पाएका छन्। बनेपास्थित आगन्तुक रिसोर्टले भने ‘डिलक्स’ स्तरको मान्यता पाएको छ।
यी तीन बाहेक देशभरका अन्य रिसोर्टको स्तर भने ‘साधारण’ हुने छ। पर्यटन विभागले विभागमा दर्ता भएका रिर्सोट तथा तारास्तरका होटेलहरुको विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो।
विभागका अनुसार ‘साधारण’ स्तरमा रहेका रिसोर्टको संख्या भने ९९ वटा रहेको छ। यो स्तरमा पर्यटक स्तरका अधिकांश रिसोर्टहरु समेटिएका छन्। काठमाडौं, नगरकोट, धुलिखेल, पोखरा र सौराहाका स्तरीय रिसोर्टहरु यो सूचिमा अटाएका छन्।
विभागले एक तारेदेखि पाँचतारे डिलक्ससम्मका होटेलहरुको वर्गीकरणको मापदण्डका आधारमा रिसोर्ट तथा होटेलहरुको वर्गिकरण गरेको हो।
पछिल्लो वर्गिकरण अनुसार नेपालमा पाँचतारे होटेलको संख्या १६ पुगेको छ भने देशभर तीन तारे होटेलको संख्या ३३ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
