काठमाडौँ । काठमाडौंका चार नारायणमध्येको कान्छो नारायण इचंगुनारायण मन्दिरबाट मूर्तिहरू चोरी भएका छन्।
मंगलबार नागार्जुन नगरपालिका–३ स्थित मन्दिरमा राखिएका मूर्तिहरू चोरी भएको महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।
सानो खालका राधा–कृष्णका चार थान मुर्ती चोरी भएको उनले बताए। दुई थान राधा र दुई थान कृष्णका ती मूर्तिहरू ढलौटका थिए।
स्थानीयहरूले भनेअनुसार, सुन चाँदी हराएका छैनन्। स–साना राधाकृष्णका चार थान मुर्ति हराएका छन् ।
दुई तलाको मन्दिरमा तल्लो तलामा इचंगुनारायणको मूर्ति छ। माथिल्लो तलाको झ्यालबाट चोर पसेको प्रहरीले जनाएको छ।
‘ग्रिल पनि फोडेको रहेछ। एक तला सकेपछि छानो छ। र छानो मुनि एउटा सानो झ्यालजस्तो दुलो छ। त्यहाँबाट छिरेर तल आएर चोरी गरेका रहेछन् ।’ नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले बुधबार बिहान पूजारी जाँदा मूर्ति नदेखेपछि चोरी भएको थाहा पाएको बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
