काठमाडौँ । गायिका शारदा धितालको तीज गीत ‘सिँगापुरे साडी’ बजारमा आएको छ। पछिल्लो समय अमेरिका बस्दै आएकी गायिका धितालले ‘सिंगापुरे साडी’ बोलको तीज गीत बजारमा ल्याएकी हुन्।
प्रवल बिष्टको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको उक्त गीतमा गायिका धितालले सुमधुर स्वर भरेकी छिन् । गीतको म्युजिक भिडियोमा चर्चित मोडेल करिस्मा ढकालको नृत्य रहेको छ। गीतको भिडियो स्मृती तिमिल्सिना (गुरुआमा)ले निर्देशन गरेकी हुन्।
गीतमा वर्षदिनमा एक पटक आउने महिलाहरुको महान पर्व तीजमा हाँसौँ, गाऔँ, मिठो खाऔँ, राम्रो लगाऔँ, रमाइलो गरौँ, जिन्दगी केही छैन भन्न खोजिएको छ।
गीतमा वर्षदिनमा एक पटक आउने महिलाहरुको महान पर्व तीजमा हाँसौँ, गाऔँ, मिठो खाऔँ, राम्रो लगाऔँ, रमाइलो गरौँ, जिन्दगी केही छैन भन्ने भाव समेटिएको छ।
ओएसआर डिजिटल युट्युब च्यानल मार्फत सार्वजनिक भएको यस गीतको भिडियोले २ दिनमै १ लाख बढी भ्युज कमाएको छ। गायिका धितालका काला ‘काफल चिसो पानी’ र तीज गीत ‘हेरी मौका’ यसअघि नै बजारमा आइसकेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
