काठमाडौँ । केही दिनयता काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ।
पछिल्लो २४ घण्टामा मात्रै उपत्यकामा ७७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
एक साताअघिसम्म दैनिक ४ सयको हाराहारीमा संक्रमित संख्या रहेकोमा पछिल्लो समय बढ्दै गएर दैनिक ६ नाघेको हो।
मन्त्रालयका अनुसार शनिबार काठमाडौँमा ५१७, ललितपुरमा १६४ र भक्तपुरमा ९४ जना कोरोना संक्रमित थपिएका हुन्।
हिजो शुक्रबार एकैदिन उपत्यकामा मात्रै ८१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। यस्तै, बिहीबार ८६० जना संक्रमित थपिएका थिए।
आज मात्रै मुलुकका विभिन्न अस्पतालबाट १ हजार ९१६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
