जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत चयन भएका छन्।

उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएपछि शनिबार बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई दलको नेता चयन गरेको हो।

Advertisement

अध्यक्ष यादवलाई संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले दलको नेता प्रस्ताव गरेका थिए, भने महेन्द्र राय यादवले समर्थन गरेका छन्। उक्त बैठकमा २१ जना सांसद उपस्थित भएका थिए।

मंगलबारदेखि केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ। उक्त बैठकले यसअघि नै संसदीय दलको विधान भने पारित गरिसकेको थियो।

तर सरकारमा सहभागी हुने भनिए पनि मन्त्रीका लागि नाम छान्न नसक्दा सरकारमा जानेहरुको टुंगो लाग्न सकेको छैन।

गठबन्धन सरकारमा दलहरुले मन्त्रीको नाम दिन नसक्दा नै सरकारले पूर्णता पाएको छैन।

More News last news
Loading...