काठमाडौँ । पूर्वयुवराज पारस शाहले प्रहरीमाथि अभद्र व्यवहार गरेका छन्। शुक्रबार साँझ महाराजगञ्जस्थित नारायणगोपाल चोकमा शाहले प्रहरीलाई अभद्र व्यवहार गरेका हुन्।
हेल्मेट नलगाई मोटरसाइकलमा सवार शाहलाई प्रहरीले समातेको थियो।
पारसले त्यसक्रममा प्रहरीलाई धम्कीपूर्ण शैलीमा छोड्न भनिरहेको सार्वजनिक भएको भिडिओमा सुन्न सकिन्छ।
शाह समर्थकसहित देखिएका थिए। भिडिओमा एक जना प्रहरीले पारसको हात समातेर कतै लैजान खोजेको देखिन्छ। तर, उनले धकेल्दै र हात तान्दै ‘जान्न’ भनिरहेका थिए।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई एक पटकका लागि ‘सम्झाएर’ छोडिएको छ।
समय समयमा विवादमा आइरहने पूर्व यूवराज पारस शाह यस पटक कोरोनाको त्रासकाबीच हेल्डमेट र मास्क बिनै मोटरसाइकलमा हिँडिरहेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
