ट्रेलरमा धुर्मुस र सुन्तलीको ‘म त मर्छु कि क्या हो’ (भिडियोसहित)

काठमाडौं । पछिल्लो समय सामाजिक काममा सक्रिय कमेडियन जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को फिल्म ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक भएको छ।

धुर्मुसुन्तली युट्युब च्यानलमार्फत सार्वजनिक ट्रेलरमा कमेडीलाई प्राथमिकता दिइएको छ। ट्रेलरमा सीताराम ‘धुर्मुस’ र कुञ्जना ‘सुन्तली’कै चरित्रमा देखिएका छन्।

Advertisement

फिल्ममा रवि गिरी, बुद्धी तामाङ, विजय बराल, पल्पसा डंगोल, बालदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुनिता थापालगायतको अभिनय छ।

फिल्ममा सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को निर्माण, निर्देशन, कथा, पटकथा र संवाद रहेको छ।

सुबिहानी फिल्म्सको प्रस्तुति रहेको फिल्ममा स्वयत्न योञ्जनको कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन र सुदिप बरालको छायांकन छ।

More News last news
Loading...