काठमाडौँ उपत्यकामा मात्रै थपिए ७७४ संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ७७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४७५ जना, भक्तपुरमा १३२ जना र ललितपुरमा १६७ जना कोरोना संक्रमित थपिएका हुन्।

थप २० कोरोना संक्रमितको मृत्यु

Advertisement

नेपालमा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २० कोरोना संक्रमितको मृत्यु भएको हो।

मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन्। योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार ७५८ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

देशभर ३ हजार ८९९ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार ६५५ जनाको पीसीआर परीक्षणमा २ हजार ७२६ र ४ हजार ८६३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार १७३ जना गरी कुल ३ हजार ८९९ जनामा कोरोना पुष्टि भएको हो।

More News last news
Loading...