धादिङमा अमेरिकन जोन्सन खोप लगाएका वृद्धको निधन

धादिङ बेसी । नीलकण्ठ नगरपालिकामा कोरोना भाइरसविरुद्धको खोप लगाएका एक वृद्धको मृत्यु भएको छ। अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीले निर्माण गरेको जानसेन खोप लगाएका वृद्धको मृत्यु भएको हो।

खोप लगाएर घर पुगेका वृद्धको खोप लगाएको तीन घण्टामा मृत्यु भएको परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाले जनाएको छ। वृद्धको खोप लगाएका कारण मृत्यु भएको हो कि होइन भन्ने स्पष्ट छैन। यस बारेमा अनुसन्धान गर्न अध्ययन टोली घटनास्थल पुगेको महाशाखाले जनाएको छ।

Advertisement

दक्षिण अफ्रिकामा अमेरिकन खोप लगाएका २४ जनाको ज्यान गयो

दक्षिण अफ्रिकामा अमेरिकी कम्पनीहरुले बनाएको कोरोना खोप लगाएका मानिसहरुको मृत्यु भएसँगै उक्त खोपबारे अनुसन्धान शुरु भएको छ। दक्षिण अफ्रिकाको स्वास्थ्य उत्पादन नियामक (सहप्रा)ले मृत्युको प्रत्यक्ष सम्बन्ध खोपसँग रहेको वा नरहेको भन्ने विषयमा अध्ययन गर्ने भएको हो।

सहप्राका अनुसार मृत्यु हुनेमध्ये २४ जनाले फाइजरको खोप लगाएका थिए भने चार जनाले जोन्सन एण्ड जोन्सनको खोप लगाएका थिए।

सहप्राका अनुसार कोरोनाविरुद्धको खोप लगाएकामध्ये ३ हजार ७३० जनामा कोरोना खोपको असर देखिएको थियो।

More News last news
Loading...